
डेरा सच्चा सौदाको सिरसा स्थित मुख्यालमा शनिवार पनि खानतलाशी जारी छ । डेरामा तलाशीको यो दोस्रो दिन हो ।
शनिवार भएको तलाशीमा डेराको भित्रबाट ठूलो मात्रामा विस्फोटक पदार्थ फेला परेको बीबीसीले जनाएको छ । करिब ८१ कार्टुन विस्फोटक पदार्थ फेला परेको छ ।

यो सामाग्री गाईका लागि खानेकुरा राख्ने स्थानमा लुकाएर राखिएको थियो । यो सामाग्री रामरहिमका समर्थकले लुकाएर राखेको अनुमान गरिएको थियो ।
यसअघि शुक्रबारको खानतलासीमा कम उमेरका पाँच बालबालिका फेला परेका थिए । त्यस्तै केही कम्प्यूटर, हार्डडिक्स, वाकीटकी लगायतका सामाग्री फेला परेको थियो ।