×

‘क्यूएफएक्स’मा रोकियो ‘आदिपुरुष’को प्रदर्शन

काठमाडाैं | असार १, २०८०

नेपालको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले भारतीय फिल्म ‘आदिपुरुष’ अहिलेकै अवस्थामा प्रदर्शन नगर्ने भएको छ । 

दर्शकको सुरक्षालाई ध्यानमा राख्दै क्यूएफएक्सले अहिलेको अवस्थामा उक्त फिल्म रिलिज गर्न असमर्थ भएको जनाएको हो । ‘हाम्रा दर्शकको सुरक्षालाई ध्यानमा राख्दै हामी अर्को सूचना नआएसम्म क्यूएफएक्स सिनेमा घरहरूमा चलचित्र आदिपुरुष रिलिज गर्न असमर्थ छौं’ क्यूएफएक्सले भनेको छ, ‘यस विषयमा सरकारी निकायबाट स्पष्टीकरणको पर्खाइमा छौं । मुद्दाको समाधान हुनेबित्तिकै सूचना जारी गर्नेछौँ ।’ 


Advertisment

यसबाट दर्शकमा पर्न गएको असुविधाका लागि क्यूएफएक्सले क्षमा समेत मागेको छ । टिकट किनिसकेका दर्शकलाई पैसा फिर्ता गर्ने पनि क्यूएफएक्सले जनाएको छ । 


Advertisment

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म महानगरभित्र पर्ने हलमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएपछि क्यूएफएक्सले यस्तो निर्णय गरेको हो ।

नेपालमा मात्र नभएर भारतमासमेत उक्त शब्द सच्चिनुपर्ने उनको माग छ ।

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

असार ८, २०८१

श्रीधर अधिकारी उमेरले जम्मा २७ वर्षमा लागे । सानैदेखि गीत/संगीतमा सक्रिय श्रीधरले अहिलेसम्म ७ दर्जन बढी गीतमा स्वर, शब्द र संगीत भरिसकेका छन् ।  उनी नेपाली लोकदोहोरी क्षेत्रको ‘उर्वर भूमि’ म...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

x