२६ जेठ २०८३, मंगलबार

‘क्यूएफएक्स’मा रोकियो ‘आदिपुरुष’को प्रदर्शन

असार १, २०८०
काठमाडौं
‘क्यूएफएक्स’मा रोकियो ‘आदिपुरुष’को प्रदर्शन

नेपालको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले भारतीय फिल्म ‘आदिपुरुष’ अहिलेकै अवस्थामा प्रदर्शन नगर्ने भएको छ । 

दर्शकको सुरक्षालाई ध्यानमा राख्दै क्यूएफएक्सले अहिलेको अवस्थामा उक्त फिल्म रिलिज गर्न असमर्थ भएको जनाएको हो । ‘हाम्रा दर्शकको सुरक्षालाई ध्यानमा राख्दै हामी अर्को सूचना नआएसम्म क्यूएफएक्स सिनेमा घरहरूमा चलचित्र आदिपुरुष रिलिज गर्न असमर्थ छौं’ क्यूएफएक्सले भनेको छ, ‘यस विषयमा सरकारी निकायबाट स्पष्टीकरणको पर्खाइमा छौं । मुद्दाको समाधान हुनेबित्तिकै सूचना जारी गर्नेछौँ ।’ 

यसबाट दर्शकमा पर्न गएको असुविधाका लागि क्यूएफएक्सले क्षमा समेत मागेको छ । टिकट किनिसकेका दर्शकलाई पैसा फिर्ता गर्ने पनि क्यूएफएक्सले जनाएको छ । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म महानगरभित्र पर्ने हलमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएपछि क्यूएफएक्सले यस्तो निर्णय गरेको हो ।

नेपालमा मात्र नभएर भारतमासमेत उक्त शब्द सच्चिनुपर्ने उनको माग छ ।

salt training

कमेन्ट गर्नुहोस्