११ असार २०८३, बिहीबार

केन्याको राष्ट्रपतीय निर्वाचनको नयाँ तालिका तयार

कात्तिक २०, २०७४
केन्याको राष्ट्रपतीय निर्वाचनको नयाँ तालिका तयार


नैरोबी, २४ भदौ– केन्यामा फेरि हुन लागेको राष्ट्रपति निर्वाचनका लागि निर्वाचन तालिका तयार भएको छ ।

अर्को महिना अक्टोबर १७ तारिखका दिन मतदान हुनेगरी नयाँ तालिका शुक्रबार सार्वजनिक गरिएको हो ।

यसअघि गत अगस्त ८ तारिखका दिन भएको निर्वाचनमा त्रुटि भएको र अवैधानिक प्रक्रिया अपनाइएको भन्दै अदालतले पुर्ननिर्वाचन गर्न आदेश दिएको थियो ।

केन्याको स्वतन्त्र निर्वाचन आयोगका अध्यक्ष वाफुला चुबुकाटीले निर्वाचनका लागि आवश्यक क्रियाकलापहरु अगाडी बढाइएको जानकारी दिए ।

उनले मतदाताहरुको नामावली दर्ता, त्यसको छानविन, निर्वाचनका लागि नयाँ प्रविधिको प्रयोग, कर्मचारी व्यवस्थापन, तालिम, मतदाता शिक्षा र मतदानको दिन गरिने कामका बारेमा पूर्वतयारी भईरहेको बताएका छन् ।

निर्वाचनका लागि आवश्यक बजेटहरुको पनि व्यवस्था भईसकेको र तालिम तथा सूचना प्रविधिको कामका लागि संवन्धित निकायलाई दिइसकिएको छ ।

निर्वाचनका लागि उम्मेदवारहरुले प्रचारप्रसार पनि सुरु गरिसकेका छन् । यही सेक्टेम्बर ६ तारिख देखि सुरु भएको उनीहरुको प्रचारप्रसार अक्टोबर १५ तारिख सम्म मात्रै गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । अक्टोबर १५ पछि मौन अवधि सुरु हुने भएकाले प्रचारप्रसार गर्न नपाइने भएको हो ।

केन्याको नयाँ राष्ट्रपति बन्नका लागि वर्तमान राष्ट्रपति उहुरु केन्याटा र मुख्य विपक्षी नेता राईला ओडिङगाबीच कडा प्रतिश्पर्धा हुने देखिएको छ ।
यसअघि पनि उहाँहरुकै बीचमा प्रतिश्पर्धा भएको थियो भने वर्तमान राष्ट्रपति केन्याटा विजयी हुनु भएको घोषणा गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्