०५ साउन २०८३, मंगलबार
संसदीय सुनुवाइ समिति बैठक

सर्वोच्चको प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन

असार १, २०८०
काठमाडौं
सर्वोच्चको प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन

संघीय संसदको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि प्रस्तावित हरिकृष्ण कार्कीको नाम अनुमोदन गरेको छ । 

सिंहदरवारमा आज (शुक्रवार) बसेको सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशका लागि प्रस्तावित कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए ।

गत वैशाख २५ गते संवैधानिक परिषद् बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले कार्कीविरुद्धको उजुरीउपर सुनुवाइपश्चात आज उनीसँग सवाल जवाफ गरेको थियो ।

योसँगै राणालाई प्रधानन्यायाधीश बन्ने बाटो खुलेको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

आगामी साउन २० गतेबाट अनिवार्य अवकाशमा जाने उनी छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने भएका हुन् । प्रधानन्यायाधीश अनिवार्य अवकाशमा जानुभन्दा एक महिनाअघि बिदामा बस्ने चलन छ। 


 

salt training

कमेन्ट गर्नुहोस्