१७ असार २०८३, बुधबार

काठमाडौंका हलमा पनि प्रदर्शनमा आयो ‘आदिपुरुष’

असार १, २०८०
काठमाडौं
काठमाडौंका हलमा पनि प्रदर्शनमा आयो ‘आदिपुरुष’

दक्षिण भारतीय अभिनेता प्रभास स्टारर फिल्म ‘आदिपुरुष’ काठमाडौं उपत्यकाभित्रका हलमा पनि प्रदर्शनमा आएको छ ।

नेपालको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ११ बजेदेखि काठमाडौं उपत्यकामा फिल्म प्रदर्शनमा ल्याएको हो । 

बिहीबार ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादलाई लिएर विवाद भएसँगै शुक्रवारको बिहानी शो रद्द गरिएको थियो । क्यूएफएक्सकी बजार प्रबन्धक तृप्ती गिरीका अनुसार दर्शकको सुरक्षालाई मध्येनजर गर्दै बिहानी शो संचालन नभएपनि ११ बजेपछिका शोहरु संचालन भइरहेका छन् । 

फिल्ममा विवादित संवादमा आपत्ति जनाउँदै बिहीवार सेन्सर बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो ।

फिल्मबाट विवादित संवाद हटाएर आएपछि मात्र बोर्डले अनुमति दिएको थियो । 


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उक्त संवाद भारतबाट पनि नहटेसम्म काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावती दिएसँगै सामाजिक सञ्जालमा तरंग पैदा भएको थियो । 

फिल्म प्रदर्शनबारे निर्णय लिन शुक्रबार बिहान नेपाल चलचित्र संघको बैठक बसेको थियो । उक्त बैठकले संयमित भएर फिल्म प्रदर्शन गर्ने निर्णय गरेको छ । 

काठमाडौंसहित देशभरका हलमा पनि फिल्म प्रदर्शनमा आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्