१० असार २०८३, बुधबार

दाङमा जिप दुर्घटना : चालकको मृत्यु, ६ जना गम्भीर घाइते

असार १, २०८०
दाङ
दाङमा जिप दुर्घटना : चालकको मृत्यु, ६ जना गम्भीर घाइते

दाङको शिरखोलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ६ जना गम्भीर घाइते भएका छन् । 

तुलसीपुरबाट रोल्पाको गङ्गादेव गाउँपालिकाका लागि छुटेको रा १ ज ५५६ नम्बरको यात्रुबाहक जिप तुलसीपुर उपमहानगरपालिका–३ शिरखोलामा दुर्घटनामा परेको थियो । 

मृत्यु हुनेमा जिप चालक गङ्गादेव–१ निवासी ३२ वर्षीय विष्णु पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते भएका पुनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । जिपमा १० यात्रु सवार थिए । अन्य यात्रु घाइते भएका प्रहरी नायव उपरीक्षक मल्लले बताए ।

उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका छ जनामध्ये चारलाई बाँकेको कोहलपुर अस्पतालमा लगिएको छ । अन्यको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । 

आज बिहान ११ः३० बजेतिर सो जिप सडकबाट ६० मिटर तल खसेको थियो । 

दुर्घटनालगत्तै उद्धारका लागि प्रहरी र स्थानीय पुगेका थिए । गाडी तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

salt training

कमेन्ट गर्नुहोस्