२८ असार २०८३, आइतबार
प्रधानन्यायाधीश नियुक्ति

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए पद तथा गोपनीयताको शपथ

असार १, २०८०
काठमाडौं
नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति भवनमा आज आयोजित समारोहमा उनले शपथ लिएका हुन् । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुख र विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो । 

संवैधानिक परिषद्ले उनलाई गत वैशाख २५ गते नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्दै संसदीय सुनुवाइ गर्न सङ्घीय संसद् समक्ष पठाउने निर्णय गरेको थियो ।

समितिले आज उनको कार्ययोजना र उनीविरुद्ध प्राप्त उजुरीमाथिको छलफल र प्रश्नोत्तरपछि प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्