२९ जेठ २०८३, शुक्रबार

राष्ट्रिय अनुसन्धान विभागद्वारा अनुसन्धान अधिकृत र सहायक पदमा दरखास्त आह्वान

असार २, २०८०
काठमाडौं
राष्ट्रिय अनुसन्धान विभागद्वारा अनुसन्धान अधिकृत र सहायक पदमा दरखास्त आह्वान

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान गरेको छ ।
शनिबार एक सूचना जारी गर्दै  विभागले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । 
सूचनामा अनुसन्धान अधिकृत ३० र अनुसन्धान सहायक ४१ जना माग गरिएको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले विभागको वेबसाइटमार्फत आजको मितिले ३० दिनभित्र आवेदन दिनुपर्ने उल्लेख छ । परीक्षाबारे आवेदनको मिति सकिएपछि जानकारी गराइने सूचनामा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्