०५ साउन २०८३, मंगलबार

भारतको आन्ध्र प्रदेशमा कार दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

असार २, २०८०
काठमाडौं
भारतको आन्ध्र प्रदेशमा कार दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

भारतको आन्ध्र प्रदेशमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

पूर्वी गोदावरी जिल्लाको माडकी राष्ट्रिय राजमार्गमा शनिवार बिहान कार र मालवाहक गाडी एकापसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। 

मृत्यु हुनेमा कार चालक र गाडीमा सवार तीन जना रहेका छन् । बिहान करिब ४ बजे सो दुर्घटना भएको हो ।

सर्कल इन्स्पेक्टर रजनी कुमारले बताएअनुसार ‘घटना बिहान सबेरै भएको हो। एउटा कारले ट्याक्टरलाई ठक्कर दिँदा कार चालकसहित चार जनाको मृत्यु भएको थियो। मृतकलाई पोष्टमार्टमका लागि मण्डपेटा क्षेत्रीय अस्पतालमा राखिएको छ।’

‘घाइतेहरूलाई राजमुन्द्री सरकारी अस्पतालमा लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ,’ सर्कल इन्स्पेक्टरले थपे। रासस/एएनआई

salt training

कमेन्ट गर्नुहोस्