०७ असार २०८३, आइतबार

आन्दोलन उद्गमस्थलमै मधेसीलाई सकस

कात्तिक २०, २०७४
आन्दोलन उद्गमस्थलमै मधेसीलाई सकस
सप्तरी, २५ भदौ- सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्र नारायणसिंहको गृहजिल्ला भएकाले सप्तरीलाई मधेसको कोर क्षेत्र मानिन्छ ।rajapa
तर, पहिलो संविधानसभापछि लगातार आरोलो लागेका मधेसी शक्ति स्थानीय तहमा पुनःस्थापित हुन्छन् कि हुँदैन भन्ने अझै द्विविधा छ । दुई वर्षअघि भएको संविधानविरुद्धको आन्दोलनमा सप्तरी एउटा प्रमुख केन्द्र नै बनेको थियो । सप्तरीको भारदहमा आन्दोलनकारी मारिएपछि आन्दोलन झनै चर्किएको थियो, अन्नपूर्ण पोस्टमा खबर छ  ।
सप्तरीका वरिष्ठ पत्रकार शिवहरि भट्टराई भन्छन्, ‘सप्तरीमा राजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा होला भन्ने हाम्रो आकलन थियो । तर, उम्मेदवार मनोयनसँगै कांग्रेस र राजपा दुवैभित्र व्यापक असन्तुष्टि सुनिएको छ । एमाले र माओवादी विस्तारै बलियो ढंगले आउन खोज्दै छन् ।’भट्टराईका अनुसार दलहरूले उम्मेदवार छान्दा पैसा र जातलाई मुख्य आधार बनाएपछि पार्टीभित्र भाँडभैलोको देखिएको छ । ‘हुन त हरेक निर्वाचनमा यस्ता कुरा अलिअलि आउँछन्’, उनी भन्छन्, ‘दलहरूले यस्ता कुरालाई कसरी व्यस्थापन गर्छन्, त्यो महत्वपूर्ण पक्ष हुनेछ ।’

कमेन्ट गर्नुहोस्