१६ असार २०८३, मंगलबार

बझाङ दुर्घटना : दुई जनाको मृत्यु, मन्त्रीसहित ३ जनालाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

असार ५, २०८०
काठमाडौं
बझाङ दुर्घटना : दुई जनाको मृत्यु, मन्त्रीसहित ३ जनालाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ५० वर्षीया अमृता सिंह र ६० वर्षीया जयादेवी सिंह रहेका छन् ।

अमृता सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती हुन् । 

रायल प्राथमिक स्वास्थ्य केन्द्र देउराका डा. अरविन्द्र अधिकारीका अनुसार दुर्घटनामा घाइते भएका मन्त्री पत्नी अमृता र भाउजू नाता पर्ने जयादेवीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदा बाटोमै मृत्यु भएको हो ।

“दुवै जनाको उपचारका लागि यहाँ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो”, उनले भने–“शव प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ ।”

त्यसैगरी दुर्घटनामा परी गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री सिंहलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा बाँकेको नेपालगन्ज लगिएको छ । 

मन्त्री सिंहसँगै जिप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि उपचारका लागि नेपालगन्ज लगिएको डा. अधिकारीले बताए । 
 
प्रदेश मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको जिप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्