०७ असार २०८३, आइतबार

चलचित्र 'बगान'को टिजर सार्वजनिक, करिश्माको दमदार अभिनय

असार ५, २०८०
काठमाडौं
चलचित्र 'बगान'को टिजर सार्वजनिक, करिश्माको दमदार अभिनय

अभिनेता सरोज खनालको निर्देशनमा बनेको नेपाली चलचित्र 'बगान'को टिजर सार्वजनिक भएको छ । यही असार २९ गते रिलिज हुने यस चलचित्रको टिजरमा अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको छ । टिजरमा मानन्धरलाई दमदार अभिनय गरिरहेको देख्न सकिन्छ ।

एकल महिलाका इच्छा, चाहना, उनलाई परिवारले गर्ने व्यबहार इत्यादिलाई 'बगान'को टिजरमा प्रस्तुत गरिएको छ । टिजरमा प्रमुख कलाकारहरु सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मालाई पनि देखाईएको छ । स्वप्न नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रबाट अभिनेता खनाल निर्देशनमा डेब्यु गरेका हुन् ।

 ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने  कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ ।

 यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । 'बगान'को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्