१० असार २०८३, बुधबार

श्रीलङ्कामा ८ हजार ८७५ वटा सडक दुर्घटना, एक हजार ४३ जनाको मृत्यु

असार ५, २०८०
काठमाडौं
श्रीलङ्कामा ८ हजार ८७५ वटा सडक दुर्घटना, एक हजार ४३ जनाको मृत्यु

श्रीलङ्कामा यो वर्ष अहिलेसम्म कूल ८ हजार ८७५ वटा सडक दुर्घटना भएका छन् । ती विभिन्न दुर्घटनामा १ हजार ४३ जनाको मृत्यु भएको छ । यातायात मन्त्रालयले सो जानकारी दिएको हो ।

यी दुर्घटनामा अधिकांश बस, मोटरसाइकल र तीनपाङ्ग्रे सवारी साधन रहेको बताइएको छ ।

यसैबीच सरकारले दुर्घटना न्यूनीकरणका लागि सहकार्यात्मक कार्ययोजना अघि बढाएको छ । 

पश्चिमाञ्चल प्रदेशमा मदिरा र लागुऔषध सेवन गरी सवारी चलाउने चालकको पहिचान गर्न मे १८ गतेदेखि पाइलट कार्यक्रम शुरु गरिएको छ ।

श्रीलङ्कामा सन् २०२२ मा करिब १९ हजार ७४० सडक दुर्घटना भएको थियो जसमा दुई हजार चार सय ८५ जनाको मृत्यु भएको थियो । रासस/सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्