०१ असार २०८३, सोमबार

भारतले पठायो अखण्ड भारतसम्बन्धी नक्साका विषयमा जवाफ

असार ६, २०८०
काठमाडौं
भारतले पठायो अखण्ड भारतसम्बन्धी नक्साका विषयमा जवाफ

अखण्ड भारतसम्बन्धी नक्साका विषयमा भारतको विदेश मन्त्रालयले नेपाललाई जवाफ दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले मङ्गलबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रश्नको जवाफ दिने व्रmममा भारत सरकारका तर्फबाट त्यहाँको विदेश मन्त्रालयले जानकारी दिएको जानकारी दिए ।

 भारतको संसद् भवनभित्र राखेको ‘म्युरल’ (भित्तेचित्र)मा लुम्बिनी, कपिलवस्तुसहितका नेपाली भूभाग समेटिएको विषयमा नेपालको दूतावासलाई अध्ययन गरेर प्रतिवेदन बुझाउन सरकारका तर्फबाट निर्देशन दिइएको पनि उनले जानकारी दिए । परराष्ट्रमन्त्री साउदले भारतको विदेश मन्त्रालयबाट आएको धारणा अनुसार सम्राट् अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनी म्युरलको क्याप्सनमा लेखिएको र राजनीतिक विषय नभएको भनी भारत सरकारका तर्फबाट आधिकारिक धारणासमेत त्यहाँका विदेशमन्त्रीबाट आएको जानकारी दिए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्