३१ जेठ २०८३, आइतबार

ह्वात्तै घट्यो प्याजको भाउ

असार ६, २०८०
काठमाडौं
ह्वात्तै घट्यो प्याजको भाउ

मुलुकमा प्याज आयात हुुन थालेसँगै भाउ ह्वात्तै घटेर त्यसको सकारात्मक प्रभाव देशकै ठुलो तरकारी बजार कालीमाटीमा देखिएको छ । तरकारी आयातमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागेको भनेर प्याज आयात गर्न छोडेका व्यवसायीले आयात गर्न थालेसँगै मूल्य घटेको हो ।

 कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका  अनुसार  जेठको  २१  गतेदेखि  आयात  रोकेका व्यवसायीले कालीमाटीमा सोमबारदेखि प्याज आयात गर्न थालेका छन् ।

समितिले  प्याजको  भाउ  सोमबार  प्रतिकेजी  ५२ रुपियाँ र मङ्गलबार ५३ रुपियाँमा थोक मूल्य तोकेको छ । जेठ १९ गतेसम्म प्रतिकेजी ३५ रुपियाँ थोकमा कारोबार भएको प्याज आयात रोकेपछि १३० रुपियाँसम्म पुुगेको थियो । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्