१० असार २०८३, बुधबार

यी पाँच तरिकाले एकदम छिट्टो चार्ज हुन्छ मोबाइल

कात्तिक २०, २०७४
यी पाँच तरिकाले एकदम छिट्टो चार्ज हुन्छ मोबाइल

काठमाडौं — धेरै मोबाइल फोन प्रयोगकर्ताहरू छिट्टो चार्ज होस् भन्ने चाहन्छन् तर भन्नेबित्तिकै कसरी चार्ज गर्न सक्नु ? आजकल स्मार्टफोन कम्पनीहरू फास्ट चार्जिङको विकल्प पनि दिन थालेका छन् ।


तर यो फीचरविना पनि तपाईं आफ्नो फोनलाई पहिलेको भन्दा छिट्टो चार्ज गर्न सक्नुहुन्छ । यहाँ हामीले दिएको टिप्स फलो गर्दा फोन छिट्टो चार्ज हुन्छ ।

फोनलाई एयरप्लेन मोडमा राखेर चार्ज गर्नुभयो भने फास्ट चार्ज हुन्छ । एयरप्लेन मोडमा ब्राउजिङ, कलिङर जीपीएस सबै बन्द हुन्छन् अनि फोन छिट्टो चार्ज हुन्छ ।

फोन स्विच अफ गरेर चार्ज गर्दा पनि छिट्टो चार्ज हुन्छ ।

यूएसबी पोर्टबाछ भन्दा सिधै चार्जरबाट फोन छिट्टो चार्ज हुन्छ ।

तातो ठाउँमा फोन चार्ज हुन धेरै समय लाग्छ । तापक्रम विचार गरेर चार्जमा राख्नुस् ।

चार्जर ओरिजिनल नै किन्नुस् । भुइँमा बेच्ने सस्तो चार्जरले राम्रो चार्ज गर्दैन ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्