०५ असार २०८३, शुक्रबार

नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

असार ६, २०८०
नवलपरासी
नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधवार बिहान साढे ६ बजे ५७ वर्षीय छविलाल सारुको चट्याङ्ग लागेर मृत्यु भएको हो ।

उनलाई खेतमा काम गर्ने क्रममा चट्याङ्ग लागेको थियो । चट्याङ्ग लागेर घाइते भएका उनलाई घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । सारु श्रीमतिसँगै खेतमा काम गर्दै थिए ।

salt training

कमेन्ट गर्नुहोस्