३१ जेठ २०८३, आइतबार

प्रेम चलाउने प्रकरण : मुद्दा फिर्ताको निर्णय सच्याउन जवाफदेहिता निगरानी समितिको माग

असार ६, २०८०
काठमाडौं
प्रेम चलाउने प्रकरण : मुद्दा फिर्ताको निर्णय सच्याउन जवाफदेहिता निगरानी समितिको माग

जवाफदेहिता निगरानी समिति (एडब्लूसी)ले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको सांघातिक आक्रमणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय तत्काल सच्याउन माग गरेको छ ।

‘ज्यानमार्ने उद्योग’ जस्तो गम्भीर प्रकृतिको मुद्दा फिर्ता लिन निर्णय सच्याउन र प्रेम चलाउनेको जीवन रक्षा गर्न पनि समितिले अपिल गरेको छ ।

‘त्रिभुवन विश्वविद्यालयको परिसरमा उपप्राध्यापक चलाउनेलाई ज्यान मार्ने उद्देश्यले गरिएको सांघातिक आक्रमणमा संलग्न भनिएका नेविसंघका नेता तथा कार्यकर्तालाई उन्मुक्ति दिने उद्देश्यले काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थाको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति निगरानी समिति आपत्ति प्रकट गर्दछ,’ बुधवार जारी विज्ञप्तिमा भनिएको छ, ‘आपराधिक गतिविधिमा संलग्न जोसुकैको संरक्षण लोकतान्त्रिक प्रणालीमा स्वीकार्य हुन सक्दैन । यसबाट पीडितले स्वतन्त्र, सक्षम तथा निष्पक्ष निकायबाट न्याय पाउने नैसर्गिक अधिकारको उल्लंघन हुनका साथै दण्डहीनता संस्थागत हुने र कानूनी राज्यको उपहास हुने निश्चित छ । यसर्थ पीडितको न्यायको हक रक्षा गर्न, न्यायिक स्वतन्त्रता कायम राख्न र आपराधिक गतिविधिको राजनीतिकरण रोक्न मुद्दा फिर्ता लिने निर्णय अविलम्ब सच्याउन र प्रेम चलाउनेको जीवन रक्षा गर्न नेपाल सरकारसँग निगरानी समिति जोडदार अपिल गर्दछ ।’

मुद्दा फिर्ता लिने निर्णयको विरुद्धमा उपप्राध्यापक चलाउने ३ दिनदेखि सत्याग्रहमा छन् ।

हेर्नुहोस्, विज्ञप्ति :


null

salt training

कमेन्ट गर्नुहोस्