०९ असार २०८३, मंगलबार

मोहन्यालका अध्यक्षले शुरू गरे 'श्रमदान महाअभियान', नीति तथा कार्यक्रममा समावेश गरिने

असार ६, २०८०
काठमाडौं
मोहन्यालका अध्यक्षले शुरू गरे 'श्रमदान महाअभियान', नीति तथा कार्यक्रममा समावेश गरिने

कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय 'हिमशिखरले' श्रमदान महाअभियान शुरू गरेका छन् ।

'म बनाउँछु मेरो मोहन्याल' नारा दिएर शुरू गरिएको अभियान आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरिने उनले बताए । 'म बनाउँछु मेरो मोहन्याल मूल नाराका साथ श्रमदान महाअभियान आव २०८०/०८१ को नीति तथा कार्यक्रममा समेत प्राथमिकताका साथ आउनेछ,' उनले भनेका छन् । 

देखाउन मात्र नभई मोहन्याल बनाउने उद्देश्यले अभियान शुरू गरिएको उनले बताए । अब साताको एक दिन सबै जनप्रतिनिधिले अनिवार्य श्रमदान गर्नेगरी योजना बनाउने उनले बताए । आफू सातामा एक दिन प्रत्येक वडामा श्रमदानमा जाने उनले जानकारी दिए । 

उनले आफैंबाट अभियानको थालनी गरेका छन् । बुधवार उनले वडा नम्बर ४ स्थित शान्तिपुर खानेपानी योजनामा श्रमदान गरेर अभियानको शुरूआत गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्