
वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरू, डिशहोममा मात्र एक्सक्लुसीभ प्रदर्शन हुने भएको छ ।
विभिन्न कारणवस हलसम्म पुगेर नयाँ चलचित्र हेर्न छुटाएका दर्शकले अब डिशहोममार्फत सपरिवार एकै साथ बसेर हेर्न सकिनेछ ।
प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकाश, कृष्ण लीला, माइकल अधिकारी, नाई नभन्नु ल ६, प्रसाद २, झिँगे दाऊ जस्ता नयाँ र दर्शकहरूले अत्यधिक रुचाएको चलचित्रहरू डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राति १० बजे प्रदर्शन हुनेछन् ।
सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम बिक्रेता वा डिलर दाइमार्फत सेवा लिएर र आफ्नै मोबाइलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ ।
डिशहोमको यो प्रयासले सपरिवारसँगै तथा आफूले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने छ । यस्तै नेपाली चलचित्रप्रति दर्शकहरूको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्द्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।