१४ असार २०८३, आइतबार

स्टाइलिश जुंगा राख्ने शिक्षकलाई विद्यालयले जागिरबाट निकाल्यो

कात्तिक २०, २०७४
स्टाइलिश जुंगा राख्ने शिक्षकलाई विद्यालयले जागिरबाट निकाल्यो

काठमाडौं, २६ भदौ — पाकिस्तानका हसीब अली चिस्तीलाई स्टाइलिश जुंगा राखेका कारण विद्यालयले जागरिबाट बर्खास्त गरेको छ ।


उनको स्टाइलिश जुंगाले विद्यार्थीहरूलाई उदारवादी विचार दिइरहेको आरोपमा जागिरबाट निकालिएको हो ।

चिस्तीले फेसबूक पोस्टमा स्कूलका अधिकारीहरूलाई रुढिवादी र संकीर्ण विचारधारायुक्त बताएका छन् ।

हसीबका अनुसार स्कूलले उनलाई निकाल्नका लागि दिएका कारणहरू पुरातनपन्थी थिए ।

विद्यालयले उनको ह्यान्डसम लूकका कारण स्कूलका केटीहरू र फ्याकल्टीको ध्यान भंग भइरहेको थियो ।

चिस्तीले आफ्नो पोस्टमा देशमा फैलिएको रूढिवादी मानसिकतामाथि पनि प्रश्न उठाएका छन् । उनका अनुसार हामी अघि बढ्ने त भन्छौं तर आफ्नो मानसिकता बदल्न चाहँदैनौं ।

उनले के पनि लेखे भने जुन देशमा विपरीतलिंगीसँग कुरा गर्दा पनि गलत आँखाले हेरिन्छ अनि जहाँ नृत्य र नाटकलाई अश्लील मानिन्छ, त्यस्तो देश कसरी अघि बढ्छ ।

चिस्तीले इस्लामाबादका धेरै विद्यालयहरूमा पढाइसकेका छन् । उनी त्यहाँ थिएटर भ्याली नामक नाटक कम्पनी पनि चलाउँछन् । सामाजिक परिवर्तनका लागि कम्पनीले नाटकहरू बनाउने गरेको छ ।

यसअतिरिक्त उनी बच्चाहरूका लागि एक खुल्ला विद्यालय पनि खोल्न चाहन्छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्