२५ जेठ २०८३, सोमबार

कुवेतविरुद्ध अञ्जनले फर्काए गोल

असार ६, २०८०
काठमाडौं
कुवेतविरुद्ध अञ्जनले फर्काए गोल
File Photo: Anfa

साफ च्याम्पियनसिप फूटबल प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई १ गोल फर्काएको छ ।

भारतमा जारी खेलको ६८ औं मिनेटमा अञ्जन विष्टले नेपालका लागि गोल गरेका हुन् ।

यसअघि नै कुवेतले ३ गोल गरिसकेको छ । पहिलो हाफमा २३ र ४१ मिनेटमा गोल गरेको कुवेतले ६५ औं मिनेटमा अग्रता तेब्बर पारेको थियो ।

त्यसपछि अञ्जनले नेपालका लागि पहिलो गोल गरेका हुन् । 

प्रतियोगितामा नेपाल भारत, पाकिस्तानसहित समूह ए मा छ । कुवेतलाई भने अतिथिका रूपमा प्रतियोगितामा सहभागी गराइएको हो ।

अतिथिकै रूपमा बोलाइएको लेबनान अर्को समूहमा छ ।

salt training

कमेन्ट गर्नुहोस्