
सरकारले धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गरेका संरचना हस्तान्तरण गर्दा लाग्ने करमा छुट दिएको छ ।
फाउण्डेसनले सिन्धुपाल्चोमा निर्माण गरेको ‘गिरानाचौर एकीकृत नमुना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजना’को स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा असुल गर्नुपर्ने अग्रिम कर छुट दिने निर्णय गरेको हो ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार उक्त परियोजनाको स्वामित्व हस्तान्तरणमा कर छुट गरिने उल्लेख छ ।
मन्त्रिपरिषद्ले बैंकिङ कसुरको शुरु कारवाही र किनारा गर्ने अधिकार सबै जिल्ला अदालतलाई दिएको छ । हाल बैंकिङ कसुरसम्बन्धी मुद्दा पाटन उच्च अदालतको वाणिज्य इजलासमा मात्रै लाग्ने गरेको छ ।
मन्त्रिपरिषद्को यो निर्णयले अब बैंकिङ कसुर तथा सजाय ऐन २०६४ ले गरेको व्यवस्थाअनुसार कसुरको कारवाही देशैभरका जिल्ला अदालतबाट हुने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले नागरिक लगानी कोषको पुँजी वृद्धि गर्ने र ५ अर्ब ३१ करोड रुपैयाँ पुर्याउने भएको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय