२१ जेठ २०८३, बिहीबार

किस्ताबन्दीमा सामसङका स्मार्टफोन, शून्य प्रतिशत ब्याजदर

असार ६, २०८०
काठमाडौं
किस्ताबन्दीमा सामसङका स्मार्टफोन, शून्य प्रतिशत ब्याजदर

सामसङले शून्य प्रतिशत ब्याजदरको वित्तीय सुविधासहित स्मार्टफोन खरिद गर्न सकिने सुविधा सार्वजनिक गरेको छ ।

यो योजना २५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामसङ स्मार्टफोन खरिद गर्ने ग्राहकहरूका लागि लागू हुने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले सजिलैसँग आफ्नो चाहना बमोजिमको स्मार्टफोन खरिद गर्न सकून् भन्ने उद्देश्यका साथ वित्तीय समावेशीकरणमा सहयोग पुर्‍याइएको हो ।

मानव दैनिकीमा स्मार्टफोन अपरिहार्य साधनको रुपमा विकास भइसकेको छ ।

यही तथ्यलाई दृष्टिगत गर्दै सामसङ नेपालले मानिसहरूको स्तरोन्नतिमा सहायता पुर्‍याउन हुलास फिन सर्भ (एचएफएल) सँगको सहकार्यमा इन्स्टा फाइनान्स सुविधालाई प्रस्तुत गरेको हो ।

सामसङ इन्स्टा फाइनान्स एक झन्झटरहित, तत्काल फाइनान्स सुविधा उपलब्ध हुने सहज उपाय हो । जसको मासिक किस्ताको ब्याजदर शून्य प्रतिशत रहेको छ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘सामसङ आज आफ्नो ग्राहकहरू कै कारणले यहाँसम्म पुग्न सफल भएको हो भन्नेमा विश्वास गर्दछौं । हामी उनीहरूको आवश्यकता र जरुरतहरूलाई बुझ्दछौं, त्यसैले हामी हाम्रो उत्कृष्ट उत्पादनहरू र सेवाहरू उपलब्ध गराउने गर्दछौं, हामीले ल्याएको इन्स्टा फाइनान्स त्यस्तै एउटा मूख्य पहल हो । सासमङ इन्स्टा फाइनान्स ग्राहक केन्द्रित रहेको छ जसले ग्राहकहरूलाई सहजतापूर्वक सामसङको नवीनतम अत्याधुनिक प्रविधिमा अपग्रेड गराउन सक्छ ।’

प्रारम्भमा, सामसङले नेपालका सम्पूर्ण प्रमुख बजारका २०० वटाभन्दा धेरै शोरुमहरूमा यो इन्स्टा फाइनान्स सुविधा उपलब्ध गराउनेछ । यो योजनालाई अर्को महिनासम्ममा आफ्नो नेटवर्कमार्फत् बढाउँदै लग्ने योजना सामसङको रहेको छ । 

यो एक अत्यन्त महत्वपूर्ण पहल हो । जुन सामसङ जस्तो स्थापित ब्राण्डले आफ्नो उपकरणहरूलाई सुलभ तरिकाले सबैको पहुँचमा पुर्‍याउन शुरु गरेको छ ।

‘ग्राहकहरू जसले उत्कृष्ट स्मार्टफोनमा आफूलाई अपग्रेड गर्ने सोच बनाइराखेका छन्, उनीहरूका लागि यो एक अत्यन्त महत्वपूर्ण अवसर हो ।’ सामसङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सामसङ इन्स्टा फाइनान्सले कसरी काम गर्दछ ?

यो अत्यन्त सरल, झन्झटरहित र तुरुन्तै हुने प्रक्रिया हो र यसको लागि क्रेडिट कार्डको समेत आवश्यक पर्दैन । ग्राहकहरूले केही सामान्य प्रक्रियाहरू पूरा गरेपछि  तत्काल  कर्जा प्राप्त गर्न सक्दछन् । ग्राहकहरूले आवश्यक कागजातहरू (आवेदकको नेपाली नागरिकताको प्रमाणपत्र र फोटो, ग्यारेन्टरको नागरिकता प्रमाणपत्र र फोटो तथा आवेदकको आयस्रोत खुलेको पत्र) सहित इन्स्टा फाइनान्सको सेवा प्रदान गरिरहेको स्टोरमा जानु पर्नेछ ।

यसरी उपलब्ध गराइएका कागजाताहरू प्रमाणीकरण भएपछि ग्राहकहरूले कानूनी कागजातहमा हस्ताक्षर गर्नु पर्नेछ, त्यसपश्चात् उनीहरूले चाहेको स्मार्टफोन प्राप्त गर्न सक्नेछन् ।

यो कार्यक्रम ग्राहकहरू र स्मार्टफोन रिटेलरहरू दुवैका लागि लाभदायक हुने सामसङको विशवास छ  ।

salt training

कमेन्ट गर्नुहोस्