२२ जेठ २०८३, शुक्रबार

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

असार ७, २०८०
काठमाडौं
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

बिहीवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले कोशी, बागमती तथा गण्डकी प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ ।

भारी वर्षा, मेघगर्जन, चट्याङ, बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल देशका पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिम नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका तराईका भूभागमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बिहीवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

बिहीवार राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती तथा गण्डकी प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

शुक्रवार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बागमती र लुम्बिनी प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

शनिवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिवार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती तथा गण्डकी  प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्