२० असार २०८३, शनिबार

सरकारले तीन खर्ब सार्वजनिक ऋण उठायो

असार ७, २०८०
काठमाडौं
सरकारले तीन खर्ब सार्वजनिक ऋण उठायो

चालु  आर्थिक  वर्ष  २०७९/८०  को  जेठ  मसान्तसम्म  सरकारले  तीन  खर्ब  सार्वजनिक  ऋण उठाएको छ । राजस्व सङ्कुचनका कारण स्रोतको दबाबमा रहेको सरकारले चालु आवको सुरुवातदेखि नै खास गरी आन्तरिक ऋण उठाएर व्यवस्थापन गर्दै आएको छ ।

 सार्वजनिक ऋण व्यवस्थापन  कार्यालयका  अनुसार  जेठसम्म  सरकारले दुई खर्ब २० अर्ब ३८ करोड रुपियाँ आन्तरिक ऋण लिएको छ । सोही अवधिमा ७९ अर्ब ६७ करोड बाह्य ऋणसमेत गरेर तीन खर्ब छ करोड रुपियाँ ऋण लिएको कार्यालयले जानकारी दिएको छ । थपिएको तीन खर्बसहित सरकारले तिर्नुपर्ने सार्वजनिक ऋणको समग्र दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड रुपियाँ पुगेको छ । जसमध्ये १० खर्ब ९९ करोड ७२ लाख रुपियाँ आन्तरिक र १० खर्ब ७३ करोड ५२ लाख रुपियाँ बाह्य ऋण रहेको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्