१० असार २०८३, बुधबार

गौरी लंकेश क्रिस्चियन भएको झुटो खबर फैलाइयो, नामको पछाडि प्याट्रिक जोडियो

कात्तिक २०, २०७४
गौरी लंकेश क्रिस्चियन भएको झुटो खबर फैलाइयो, नामको पछाडि प्याट्रिक जोडियो

काठमाडौं, २५ भदौ — गत मंगलवार हत्या गरिएकी भारतीय पत्रकार गौरी लंकेशलाई क्रिस्चियन साबित गर्नका लागि झुटो समाचार र तस्वीर फैलाइएको छ ।


केही अतिवादी दक्षिणपन्थी समूहहरूले उनको पूरा नाम गौरी लंकेश प्याट्रिक भएको र उनी वास्तवमा क्रिस्चियन भएको भनी झुटो सन्देश सामाजिक सञ्जालमा फैलाइरहेका छन् ।

गौरीले सम्पादन गर्ने साप्ताहिक पत्रिका गौरी लंकेश पत्रिकेको एक प्रतिसँगै एउटा कलम राखेर उनको मृत शरीरलाई चिहानमा गाडिएको थियो । बुधवार बंगलोरको चम्राजपेतस्थित लिंगायत रुद्रभूमिमा उनको अन्तिम संस्कार गरिएको थियो ।

खासमा अतिवादीहरूले गौरी लंकेश पत्रिकेको पत्रिके भागलाई तोडमरोड गरेर प्याट्रिक नाम दिएका हुन् । गौरीको पत्रिका दलितमुखी तथा जातिवादविरोधी थियो ।

उनी लिंगायत भएकाले उनलाई चिहानमा गाडिएको कुरालाई तोडमरोड गरेर क्रिस्चियन बनाइएको देखिन्छ ।

लिंगायत सम्प्रदाय ईसाको १२औं शताब्दीमा गुरु वासवेश्वरले स्थापना गरेका थिए र उनी वर्णाश्रम व्यवस्थामा विश्वास गर्दैनथिए र सबैलाई एउटै हैसियत दिन्थे ।

यसकारणले गर्दा विभिन्न जातका मानिसहरूको उनको अनुयायी बन्न पुगे । लिंगायतहरू आफूलाई छुट्टै धर्म मान्छन् ।

त्यसैले गौरीको जिन्दगीमा कुनै प्याट्रिक थिएन र सबै हिन्दूहरूलाई जलाइन्छ नै भन्ने छैन ।

द टाइम्स अफ इन्डियाबाट

salt training

कमेन्ट गर्नुहोस्