१२ असार २०८३, शुक्रबार

४ दिनका लागि देउवा मधेस झर्ने, एकै दिन तीन ठाउँमा आमसभा

कात्तिक २०, २०७४
४ दिनका लागि देउवा मधेस झर्ने, एकै दिन तीन ठाउँमा आमसभा
काठमाडौं–स्थानीय तहको तेस्रो चरणको निर्वाचनको प्रचारप्रसारका लागि प्रधानमन्त्री शेरबहादुर देउवा मधेस झर्ने भएका छन् ।

देउवा मंगलबारदेखि शुक्रबारसम्म मधेसका विभिन्न जिल्लाहरुमा चुनावी प्रचारका लागि आयोजित कार्यक्रमहरुमा सहभागि हुनेछन् ।

मधेसमा पहिलो दल र १ सय भन्दा धेरै स्थानीय तह जित्ने लक्षय बनाएको नेपाली कांग्रेसका नेताहरू मधेसकाे निर्वाचनमा केन्द्रीत भएका हुन् । 

प्रधानमन्त्रीसँगै पार्टी मन्त्री र शीर्ष नेताहरुको पनि सहभागिता रहने कांग्रेसले जनाएको छ ।

यस्तो छ ४ दिने कार्यक्रम

२०७४ भाद्र २७ गते – सप्तरीको राजविराजमा दिनको १ः०० वजे आमसभा – सिरहाको जिरो माइलमा ४ः०० बजे आमसभा 

२०७४ भाद्र २८ गते – धनुषाको जनकपुरमा दिनको १ः०० बजे आमसभा – महोत्तरीको बर्दिवासमा दिनको ३ः०० बजे आमसभा 

२०७४ भाद्र २९ गते – सर्लाहीको मलंगवामा दिनको १ः०० बजे आमसभा – रौतहटको गौरमा दिनको ४ः०० बजे गौरमा आमसभा 

२०७४ भाद्र ३० गते – वाराको कलैयामा दिनको १ः०० बजे आमसभा – पर्साको विरगंजमा दिनको २ः०० बजे आमसभा

salt training

कमेन्ट गर्नुहोस्