३१ जेठ २०८३, आइतबार

झापामा डेढ हजार हेक्टर वन अतिक्रमण

असार १३, २०८०
झापा
झापामा डेढ हजार हेक्टर वन अतिक्रमण
प्रतिकात्मक तस्वीर

झापामा १ हजार ५५० हेक्टर वन अतिक्रमण गरिएको छ । जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण गरिएको हो । 

डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीका सबैभन्दा बढी खुदुनाबारीमा ८०० हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । शान्तिनगरमा ४२१, बाहुनडाँगीमा १५ दशमवल ५५, मेचीनगरमा ३९, धाइजनमा ३३ दशमलव १३, बुधबारेमा १३, शनिश्चरेमा १८, अर्जुनधारामा १९ र सुरुङ्गामा १० हेक्टर वन अतिक्रमणमा परेको पुरीले बताए ।

सतासीधाममा २७ दशमलव ७२, लखनपुरमा १११, दमकमा ११ दशमलव ५, पृथ्वीनगरमा २ र राजगढमा २६ दशमलव ५ हेक्टर वनको जग्गा अतिक्रणमा परेको छ । 

झापाका २ स्थानमा अतिक्रमित वनको जग्गा खाली गराइएको छ । भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकामा अतिक्रमित वनको जग्गा खाली गराइएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्