११ साउन २०८३, सोमबार
संसद् बैठक

संसदमा मतविभाजनः विनियोजन विधेयक बहुमतले पारित, पक्षमा १४७ र विपक्षमा १०८

असार १३, २०८०
काठमाडौं
संसदमा मतविभाजनः विनियोजन विधेयक बहुमतले पारित, पक्षमा १४७ र विपक्षमा १०८

प्रतिनिधि सभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा भएको मतविभाजनमा विधेयक बहुमतले पारित भएको हो ।

बजेटको पक्षमा १४७ र विपक्षमा १०८ मत पर्‍यो ।

बैठकमा उपस्थित संख्याको बहुमतले विधेयक पारित हुने संसद् नियमावलीको व्यवस्था छ । 

मत विभाजन हुँदा संसद्‍मा २५५ जना सांसद उपस्थित थिए ।

अर्थमनत्री डा. प्रकाशशरण महतले विधेयक पारित गरियोस् भनेर प्रस्ताव राखेपछि सभामुखले निर्णयार्थ पेश गरेका थिए । सभामुख देवराज घिमिरेले ध्वनी मतका आधारमा विधेयक बहुमतले पारित भएको घोषणा गरेसँगै एमालेले मतविभाजन माग गरेको थियो । 

प्रतिनिधि सभामा भएको मतविभाजनमा विधेयकको पक्षमा बहुमत जुटेको थियो । बजेटको मूल विधेयकको रूपमा विनियोजन विधेयक पारित भए पनि अर्थविधेयकहरू भने पारित हुन बाँकी छ ।

प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि मात्र बजेट कार्यान्वयनमा जानेछ । असार मसान्तअगावै यी विधेयकहरू पारित गर्नुपर्ने संवैधानिक बाध्यता छ । 
 

salt training

कमेन्ट गर्नुहोस्