०५ साउन २०८३, मंगलबार

दुई मन्त्रालयको नाम परिवर्तन गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

असार १३, २०८०
बुटवल
दुई मन्त्रालयको नाम परिवर्तन गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालयको नाम परिवर्तन गरेको छ ।

बुधवार बसेको मन्त्रीपरिषद्‌को बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय बनाउने निर्णय गरेको छ ।

त्यस्तै, आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए । 

मन्त्रीपरिषद् बैठकले करार कर्मचारी व्यवस्थापन कार्यविधि २०८० को पहिलो शंसोधन गर्ने निर्णय गरेको छ । बैठकले लुम्बिनी प्रदेशको स्वामित्वमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई २ सय बेडको अस्पताल बनाउने गरी कर्मचारी व्यवस्थापन (ओएनएम) को स्कृति प्रदान गर्ने निर्णय गरेको मन्त्री पाण्डेले जानकारी दिए ।  

यस्तै, मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०७८/७९को ससर्त अनुदान तर्फको दायित्व भुक्तानीको स्वीकृत गरेको छ ।


यस्तै, निर्देशनालयको व्यवस्थापनको लागि प्रदेश सरकारका विभिन्न मन्त्रालय अन्तर्गत रहेका निर्देशनालयको कार्यक्षेत्र, भूमिका, सेवाको प्रभावकारिता र आवश्यकताको अध्ययन गरी प्रभावकारी मापन र कर्मचारीको वृत्ति विकासको पक्षसमेत विश्लेषण गरी अध्ययन गर्न नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गर्ने र त्यो समितिले एक महिना भित्रमा अध्ययन प्रतिवेदन पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पाण्डेले बताए ।

केही दिनअघि दाङको दंगीशरण गाउँपालिकामा चट्याङ लागेर मृत्यु भएका दुई जनालाई र बर्दियामा एक वर्षअघि गोली लागेर ज्यान गुमाएकी विद्यार्थी नविना थारूलाई प्रदेश सरकारको तर्फबाट जनही एक∕एक लाख राहत रकम उपलब्ध गराउने निर्णय भएको प्रवक्ता पाण्डेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्