३१ असार २०८३, बुधबार

बागमती प्रदेशको बजेटमा राप्रपाको संशोधन प्रस्ताव

असार १३, २०८०
काठमाडौं
बागमती प्रदेशको बजेटमा राप्रपाको संशोधन प्रस्ताव

बागमती प्रदेशसभाको आज साँझ बसेको बैठकमा प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आव २०८०/८१ बजेट संशोधनको माग गरेको छ ।

राप्रपा संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकारले ल्याएको आगामी आव २०८०/८१ को विनियोजित बजेट लक्ष्यविहीन एवं जनताप्रति विभेदकारी भएकाले बजेटलाई पुनःसंशोधन गर्नुपर्ने आफ्नो दलको माग रहेको बताए ।

उनले सरकारमा प्रतिनिधित्व गर्ने मुख्यमन्त्री र मन्त्रीले क्रमशः आफ्नो चुनावी क्षेत्र धादिङ, सिन्धुपाल्चोक र नुवाकोटलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएकामा चिन्ता व्यक्त गरे । जनतालाई सम्मान दृष्टिकोणले विकासको पूर्वाधारले समेट्न नसके प्रदेशसभाको आगामी बस्ने बैठकमा निरन्तर अवरोध गरिरहने जानकारी उनले दिए ।

थापाले बजेटले चुनावी क्षेत्रलाई मात्र नभई काठमाडौंको बासिन्दाको खानेपानीलगायत अन्य जिल्लाका सर्वसाधारणलाई खानेपानी कृषि उत्पादन, सडक, रोजगारीका अवसरलगायत आयआर्जन गर्ने आर्थिक प्याकेज कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरे ।

आजको बैठक बिहान ११ बजे बस्ने भनिए पनि सत्तापक्ष र प्रतिपक्षबीच विनियोजन बजेटमाथि छलफल गर्ने सहमति नजुटेपछि दिउँसो साढे १ बजेका लागि सारिएको थियो । 

साँझ ५ः १५ बजेदेखि बसेको बैठक करिब ३५ मिनेट सञ्चालन भएर स्थगित गरिएको थियो । सो बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानित (बजेट) माथि छलफल हुने कार्यसूची थियो । 

प्रदेशसभाको अर्को बैठक यही असार १७ गते दिउँसो २ बजे बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्