
पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । बिहीवार दिउँसो इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।
नारायणगढ-मुग्लिन सडकखण्डको तीन नम्बर पुल नजिक माथिबाट सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डोजरको प्रयोगगरी पहिरो पन्छाउने कार्य भइरहे पनि पहिरो खस्न नरोकिएकोले बाटो खुलाउन नसकिएको हो ।
यसअघि आज बिहान पनि सोही स्थानमा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । पहिरो पन्छ्याएर बिहान केही बेर सडक खुलाइए पनि सोही स्थानमा पुन: सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।