२९ जेठ २०८३, शुक्रबार
वर्षासँगै बाढीपहिरोको डर

२० जिल्लामा आकस्मिक बाढीको जोखिम, ३२ जिल्लाका नदीमा पानीको बहाव बढ्ने

असार १५, २०८०
काठमाडौं
२० जिल्लामा आकस्मिक बाढीको जोखिम, ३२ जिल्लाका नदीमा पानीको बहाव बढ्ने

बाढी पूर्वानुमान महाशाखाले आज (शुक्रवार) र भोलि तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदी तथा केही स-सना सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने जनाएको छ ।

शुक्रवार बिहान विशेष बुलेटिन जारी गर्दै महाशाखाले ती नदी र खोलाहरूमा जलसहत बढेर सतर्कता तह आसपास पुग्न सक्ने भन्दै तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । 

आज रुपन्देही, कपिलवस्तु, पाल्पा, ईलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, सर्लाही, रौतहट, मकवानपुर, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), स्याङजा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ आसपास भई बहने केही स-साना नदीहरूमा बहाव उल्लेख्य बढेर आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । 

यस्तै सुनसरी, काभ्रेपलान्चोक, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, खोटाङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, आसपास भई बहने केही स-साना नदीमा बहाव बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ ।

nullnull

salt training

कमेन्ट गर्नुहोस्