१० असार २०८३, बुधबार

बजेटबारे अर्थमन्त्री महतः कसौँडीमा पकाउने चामलले सबै जन्तीको चाहना पूरा गर्न सकिँदैन

असार १५, २०८०
काठमाडौं
बजेटबारे अर्थमन्त्री महतः कसौँडीमा पकाउने चामलले सबै जन्तीको चाहना पूरा गर्न सकिँदैन
फाइल तस्बिर

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको श्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको स्वीकार गरेका छन् । 

नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महतले शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कसौँडीमा पाक्नसक्ने चामलले जन्तीलाई खुवाउनु पर्दा केही असन्तुष्टि व्यक्त भएको टिप्पणी गरे । 

अन्योलताबीच पनि आफूले जायज कुरा सम्बोधन गरेर बजेट विनियोजन गरेको उनको भनाइ छ । 

कसैलाई फाइदा र बेफाइदा पुग्नेगरी बजेट विनियोजन नगरेकोउनले बताए । ‘अनेकौँ अन्योलताबीच दुई महिनामा मैले बजेट ल्याउनुपर्ने स्थिति थियो । मैले दृढ निश्चय गरेर बजेट ल्याएँ । कसैलाई फाइदा र कसैलाई बेफाइदा पुग्ने गरी होइन, आम नागरिकलाई भलो हुने र अर्थतन्त्र चलायमान हुनेगरी ल्याएँ । एउटा कसौँडीमा पाक्नसक्ने चामल जन्तीलाई खुवाउनु परेको खण्डमा के हुन्छ ? हाम्रो आम्दानी कसौँडीमा पकाउने चामल छ, सबैको चाहना पूरा गर्न ठूलो खड्करोमा पकाउँदा पनि पुग्दैन । सबैको भावनाको सम्बोधन गर्न सकिँदैन ।’ 

मन्त्री महतले नयाँ पार्टीले आकाशको तारा झार्छु भन्दा पनि नागरिकहरू मान्न तयार रहने स्थिति देखिएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्