प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत दलको आग्रह बाबजुद कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिन अस्वीकार गरेका छन् । शुक्रवार प्रदेश सभामा विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कार्कीले राजीनामा नदिने बताए ।
नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका कार्कीले प्रदेश सभामा विश्वासको मतको सामना गर्ने बताएका हुन् । उनले सरकार बन्न नसकेर मध्यावधिमा जाने खतरा रहेको भन्दै आफूलाई विश्वासको मत दिन आग्रह गरे ।
प्रदेश सभामा शुक्रवार विश्वासको मत माथिको प्रस्तावमा मतदान हुँदैछ । हिजो नै मतदान गर्ने कार्यसूची रहे पनि कार्कीले आज सम्मको समय माग गरेका थिए ।
सरकार टिकाउन कार्कीलाई एमाले र राप्रपाबाहेक अन्य एक सांसद आवश्यक पर्छ ।
अहिले मत विभाजन कार्य शुरू भएको छ ।