
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेका छन् ।
दुवै नेताको टेलिफोन वार्तामा रुस–युक्रेन युद्धबारे कुराकानी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मोदीले दुवै देशबीच शान्ति सुव्यवस्था कायम गर्न आग्रह गरेका छन् ।
राष्ट्रपति पुटिनले युक्रेन शान्ति वार्ताका लागि तयार नभएको गुनासो गरेका छन् । उनले भने, ‘युक्रेन सहमति गर्न तयार छैन । युक्रेनले सहमतिका लागि राजकीय र राजनीतिक कदम चालिरहेको छैन ।’
प्रधानमन्त्री मोदीले वार्ता र कूटनीतिबाटै विवाद समाधान गर्न आग्रह गरेका छन् । दुवैले वार्ता र संवादलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।