१६ असार २०८३, मंगलबार

भ्रष्टाचार विरूद्धको अनुसन्धान रोकिन्न, थप तीव्र बनाइन्छ : प्रधानमन्त्री

असार १६, २०८०
कास्की
भ्रष्टाचार विरूद्धको अनुसन्धान रोकिन्न, थप तीव्र बनाइन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचारविरूद्धको अनुसन्धान कार्यले थप तीब्रता पाउने बताएका छन् । शनिवार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारविरूद्धको अनुसन्धान कार्यले थप तीव्रता पाउने बताएका हुन् । भ्रष्टाचार देशको विकराल समस्या हो। नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ। थप तीव्रताका साथ अघि बढ्छ,' उनले भने ।

यसपटक भिन्न ढंगले नै काम शुरू गरेको भन्दै जनताले भोगका समस्या सम्बोधन गर्न सरकारको पूरै कोसिस गरिएको उनले बताए । 'बजेट पास होला कि नहोला भन्ने तरंग थियो। विनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ,' उनले भने, 'यसपटक हामीले भिन्न ढंगले नै काम शुरू गरेका छौँ। यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ। जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस गरिएको छ। विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ।'

अर्थतन्त्र विस्तारै लयमा फर्किएको उनले बताए । उनले चीन भ्रमणको तयारी भइरहेको बताए । 'राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको छु। छिट्टै चीन भ्रमण हुँदैछ,' उनले भने, 'त्यसको तयारी भएको छ। त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुन्छ । गठबन्धनको सरकार पाँच वर्ष चल्छ। हामी समझदारीका साथ अगाडि बढ्छौँ।'
 

salt training

कमेन्ट गर्नुहोस्