२६ जेठ २०८३, मंगलबार

हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको छ : मन्त्री महत

असार १६, २०८०
काठमाडौं
हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको छ : मन्त्री महत
फाइल फोटो

अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको बताएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अर्थमन्त्री डा. महतले भने, “राणाशासनदेखि पञ्चायत हुँदै माओवादीलाई शान्ति प्रक्रिया ल्याइ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने काम कांग्रेसकै नेतृत्वमा भएको हो ।”

लामो इतिहास बोकेर आएको पार्टीका भएकाले उनले कार्यकर्तालाई विचलित नभई सङ्गठित रुपमा अगाडि बढ्न सुझाव दिए । नेपालमा कांग्रेसले जति अरु कुनै पनि पार्टीले काम नगरेको उनको दाबी थियो । 

आफूले गरेका कामको प्रचारप्रसार गर्न नजानेकै कारण कांग्रेस पछि परेको भन्दै उनले नयाँ पार्टीले सानो काम गरे पनि सामाजिक सञ्जालबाट ठूलो बनाएर प्रचारप्रसार गर्ने गरेको आरोप समेत लगाए ।

कानूनी शासनमा विश्वास गर्ने पार्टी भएकाले नेपाली कांग्रेसप्रति आमजनताको विश्वास र भरोसा सधैं आएको बताउँदै उनले कांग्रेसलाई बलियो बनाउन कार्यकर्ता एक ढिक्का हुन आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्