
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सातवटै प्रदेशमा प्रदेश संयोजक तोकेको छ ।
‘नवीन राप्रपा – २०८०’ को कार्ययोजना कार्यान्वयन गर्नका लागि प्रदेश संयोजक तोकिएको राप्रपाले जनाएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको ‘नवीन राप्रपा २०८०’ को कार्ययोजना कार्यान्वयन गर्न सातवटै प्रदेशमा प्रदेश संयोजक तोकेका राप्रपाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।