०७ असार २०८३, आइतबार

युवकको टाउकोमा पिसाब गर्ने ‘भाजपा नेता’ पक्राउ

असार २०, २०८०
काठमाडौं
युवकको टाउकोमा पिसाब गर्ने ‘भाजपा नेता’ पक्राउ

भारतमा एक युवकको टाउकोमा पिसाब गर्ने पूर्वसांसदका प्रतिनिधि पक्राउ परेका छन् । मध्य प्रदेशको सीधी जिल्लामा एक युवकमाथि पिसाब गर्ने पूर्व विधायक प्रतिनिधि प्रवेश शुक्लालाई मंगलवार राति भारतीय प्रहरीले पक्राउ गरेको हो ।

उनले एक युवकको टाउकोमा पिसाब गरिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । सामाजिक सञ्जालमा भाइरल भिडिओमा चुरोट पिउने क्रममा उनले अर्को व्यक्तिको टाउकोमा पिसाब गरिरहेको देखिन्छ ।

पिसाब फेर्ने शुक्ला भारतीय जनता पार्टी (भाजपा) का नेता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

उनी बीजेपी सांसद केदारनाथ शुक्लाका प्रतिनिधि भएको समाचारमा उल्लेख छ । तर, विधायकले भने उक्त कुरा इन्कार गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्