१९ असार २०८३, शुक्रबार

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित

असार २०, २०८०
काठमाडौं
एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित
फाइल फोटो

राष्ट्रियसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षीको विरोधपछि बुधवार दिउँसो ३ बजेर एक मिनेटमा पुनः बस्ने गरी स्थगित भएको बैठक बिहीवारसम्मका लागि स्थगित  गरिएको छ ।

संसद सचिवालयका अनुसार आज दिउँसो ३ बजेर एक मिनेटमा बस्ने भनिएको बैठक विशेष कारणवश बस्न नसकेको र राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (२) बमोजिम सूचनाबाट आजै अपराह्न ४ः४६ बजे बस्ने गरी निर्धारण गरिएकोमा सो समयमा समेत विशेष कारणवश बैठक बस्न नसक्ने भएकोले सोही नियमावलीको नियम ६ को उपनियम (३) बमोजिम असार २१ गते बिहीवार दिउँसो १ः०१ बजे बस्ने छ ।

यसअघि एमालेले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ भन्ने अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफको माग गर्दै बैठक अवरुद्ध गरेको थियो ।

बैठकको शुरुमै एमाले सांसद देवेन्द्र दाहालले प्रधानमन्त्रीले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो सम्बन्धमा स्पष्ट पार्न माग गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्