×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध

आफ्नै अभिव्यक्तिले अप्ठ्यारोमा प्रचण्ड, कूटनीतिज्ञ भन्छन्– राजीनामा मागिनु स्वाभाविक

काठमाडाैं | असार २०, २०८०

NTC
Premier Steels

आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली धाएको भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलले संसदमा प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।

Muktinath Bank

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन अगाडि बढ्न नसक्ने भन्दै राजीनामालाई ‘बटमलाइन’ बनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लामो समयदेखि नेपालमा बस्दै आएका सरदार प्रितम सिंहको पुस्तक विमोचनमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन उनी पटक–पटक दिल्ली गएको बताएका थिए । 


Advertisment
Nabil box
Kumari

हँसिलो मुद्रामा दिएको त्यो छोटो अभिव्यक्ति प्रचण्डलाई महंगो सावित हुने देखिएको छ ।

Vianet communication

बुधवार प्रचण्डले आफ्नो अभिव्यक्तिलाई लिएर विपक्षीले बबन्डर गरे पनि केही नहुने बताएका छन् ।

तर, केहीबेरमै प्रतिपक्षी दलले संसद् अवरोध गर्‍यो । अवरोध मात्र होइन, प्रचण्डलाई ‘लेन्डुप दोर्जेको नेपाली संस्करण’ भन्दै संसदमा रेकर्ड गरायो ।

प्रचण्डको अभिव्यक्तिले स्वाभिमानी नेपालीको शिर निहुर्‍याउने काम गरेको भन्दै उनी प्रधानमन्त्रीको पदमा बसिराख्ने नैतिकता समाप्त भएको निर्णय एमाले संसदीय दलले गरेको छ ।

राप्रपा र रास्वपाले पनि एमालेको निर्णयमा ऐक्यबद्धता जनाएको दृश्य संसदमा देखियो । 

एमाले र रास्वपालाई उछिन्दै राप्रपा सांसदहरू वेल घेर्न आइपुगे । राष्ट्रियताको मुद्दालाई विपक्षी दलले ‘क्यास’ गर्न खोजेका छन् ।

सरकार गठन र विघटनमा विदेशीलाई जोड्नु सम्मान र स्वाधीनतामा धक्का– नीलाम्बर आचार्य

प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिलाई कूटनीतिक क्षेत्रका जानकारहरू बचपनको संज्ञा दिन्छन् ।

भारतका लागि नेपाली पूर्व राजदूत नीलाम्बर आचार्यले नेपालको सरकार गठन विघटनमा मित्र राष्ट्रको प्रसंग जोड्नु देशको प्रतिष्ठामा आँच आउने काम भएको बताए । 

‘यो प्रवृत्ति ठीक भएन, हाम्रो सरकार गठन/विघटन प्रक्रियामा हाम्रा मित्रराष्ट्रका सरकारलाई इन्भल्ब गर्ने कोशिश गर्नु ठीक भएन । यसले हाम्रो प्रतिष्ठा, सम्मान, स्वाधीनता सबैमा धक्का लाग्छ,’ आचार्यले लोकान्तरसँग भने । 

प्रधानमन्त्रीले बोल्दा हरेक विषयमा सजग हुनुपर्ने र त्यसमा पनि कूटनीतिक मामिलामा झनै चनाखो रहनुपर्ने जानकारहरू बताउँछन् ।

‘प्रधानमन्त्रीको अभिव्यक्तिबाट हामीले हस्तक्षेप निम्त्याउने रहेछौं भन्ने सन्देश गयो । नेपालको सरकार प्रतिनिधिसभाले बनाउने हो । प्रधानमन्त्रीले आफ्नो जनतालाई विश्वास गर्ने हो । प्रधानमन्त्रीले आफ्नो जनता र संसद्मा विश्वास नभएकोजस्तो देखियो,’ पूर्वमन्त्री र संविधानसभा सदस्य समेत रहेका आचार्यले लोकान्तरसँग भने ।

विपक्षीले राजीनामा माग्नु स्वाभाविक– डा. जयराज आचार्य

कूटनीतिक मामिलाका जानकार जयराज आचार्य प्रधानमन्त्रीबाट त्यस किसिमको अभिव्यक्ति आउनु लाजमर्दो विषय भएको बताउँछन् ।

‘साधारण मान्छेले बुझ्दा पनि त्यो अनुचित अभिव्यक्ति हो, त्यस्तोमा के टिप्पणी गरिराख्नु ? टिप्पणी गर्न पनि आवश्यकजस्तो लाग्दैन,’ संयुक्त राष्ट्रसंघमा नेपालको स्थायी प्रतिनिधि (राजदूत) भएर काम गरेका वरिष्ठ कूटनीतिज्ञ आचार्यले लोकान्तरसँग भने, ‘विपक्षीले त्यस किसिमको माग (प्रधानमन्त्रीको राजीनामा) गर्नु स्वाभाविक हो । अभिव्यक्ति साह्रै नै लाजमार्दो छ ।’

यस्तो विषयमा राजीनामा दिँदै हिँड्ने हो भने मुलुक चल्दैन– देव गुरुङ

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले एउटा व्यक्तिको सन्दर्भमा बोलेको विषयलाई लिएर प्रतिपक्षी दलले संसद् अवरोध गर्नु ‘तिललाई पहाड बनाएजस्तो’ भएको टिप्पणी गरे ।

एमालेले मागेकै भरमा प्रधानमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको उनको जिकिर छ ।

‘प्रधानमन्त्रीले बोल्ने क्रममा व्यक्ति (प्रितम सिंह)को भूमिकाको बारेमा भन्नुभएको हो । व्यक्तिको भूमिका त नेगेटिभ/पोजेटिभ हुने भयो नि ! राज्यको नीतिबारे बोलेको भए आलोचना गर्ने कुरा हुनसक्थ्यो । यही विषयलाई लिएर संसदमा हंगामा गर्ने र प्रधानमन्त्रीको राजीनामा माग्ने कुरा उचित हैन,’ गुरुङले लोकान्तरसँग भने । 

प्रधानमन्त्रीले एउटा व्यक्तिको भूमिका सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध गर्नु सरकारको विरोध र सस्तो प्रचारबाजी मात्र भएको उनको टिप्पणी छ ।

‘राज्यको नीति र राष्ट्रियताको विषयमा फरक बोलेको भए बहस गर्न सकिन्थ्यो । व्यक्तिको भूमिकालाई लिएर तिललाई पहाड बनाउन खोजियो । यस्तो कुराको सन्दर्भमा राजीनामा दिँदै हिँड्ने हो भने त मुलुक चल्दैन । यो राजीनामा दिँदै हिँड्ने विषय नै होइन,’ गुरुङले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x