११ असार २०८३, बिहीबार

कर्णालीमा १ लाख पशुचौपायाको उपचार

असार २१, २०८०
सुर्खेत
कर्णालीमा १ लाख पशुचौपायाको उपचार
प्रतिकात्मक तस्वीर

कर्णाली प्रदेशका १० जिल्लामा लम्पी स्कीन रोगबाट संक्रमित १ लाख २५ हजार ९१ पशु चौपायाको उपचार गरिएको छ । 

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार ९ हजार ९०१ पशुलाई लम्पी स्कीन विरुद्धको खोप लगाइएको छ ।

पछिल्लो समय पशुमा लम्पी स्कीन रोग तीव्ररुपमा फैलिँदै गएको छ । प्रदेशका कृषिमन्त्री भीमप्रकाश शर्माले रोग नियन्त्रण गर्न कर्मचारीलाई निर्देशन दिए ।

मन्त्रालय निमित्त सचिव राजु भुजले प्रेस विज्ञप्ति जारी गर्दै खोप अभियान तीव्र पारिएको उल्लेख गरेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चिङ्गाड गाउँपालिकाबाट २०७९ चैत २७ गते गाई गोरुको सिरिम र छालाको भागको नमूना केन्द्रीय पशुपछी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाइएको थियो । परीक्षण गर्दा गत वैशाख ४ गते लम्पी स्कीन रोग पुष्टि भएपछि खोप लगाउन थालिएको मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले जानकारी दिए ।

कर्णालीमा सबैभन्दा बढी सल्यानमा ३४ हजार ३२८ पशुमा लम्पी स्किन देखिएको छ । सो रोगबाट मुगुमा ४२९ पशुचौपाया संक्रमित भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्