२४ जेठ २०८३, आइतबार

आलोपालो नेतृत्व तथा आगामी कार्ययोजनाबारे छलफल गर्न समाजवादी मोर्चाको बैठक

असार २३, २०८०
काठमाडौं
आलोपालो नेतृत्व तथा आगामी कार्ययोजनाबारे छलफल गर्न समाजवादी मोर्चाको बैठक

समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज (शनिवार) बस्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ । 

मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले जानकारी दिए।

नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाइमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्