
भारतको पश्चिम बंगालमा शनिवार भएको पञ्चायत चुनाव हिंस्रक बनेको छ ।
दिनभर भएका हिंस्रक घटनामा १८ जनाको हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सरकारले सुरक्षाका लागि प्रदेशभर १ लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गरेको थियो ।
मतदानका क्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ताबीच झडप, बन्दुक प्रहार र बम प्रहारका घटना भएका छन् । मृत्यु हुनेमा टीएमसीका १०, भारतीय जनता पार्टी (भाजपा) का ३, भारतीय कांग्रेसका ३ र सीपीआईएमका २ कार्यकर्ता रहेका छन् । हिंसाका घटना बंगालका मुर्शिदाबाद, कूचबिहार, पूर्वी बर्दवान र मालदामा भएका थिए ।
राज्यपाल सीवी आनन्द बोसले निर्वाचनमा गरीबी अन्त्यको एजेन्डा बन्नुपर्नेमा गरीबलाई मारेर अन्त्य गर्ने अभ्यास भएकोमा चिन्ता व्यक्त गरेका छन् ।