३१ जेठ २०८३, आइतबार

यसरी बनाउनुस् मीठो आलु चाट

कात्तिक २०, २०७४
यसरी बनाउनुस् मीठो आलु चाट

काठमाडौं, २७ भदौ — चाट खान कसलाई मन नलाग्ला र ? आज हामी आलु चाट बनाउन सिकाउँछौं । यो खान मज्जा आउँछ र बनाउन पनि सजिलो छ ।


सामग्री

२३० ग्राम चिनी
३२० मिलिलिटर पानी
दुई ठूलो चम्चा काँचो आँपको धूलो
एक ठूलो चम्चा रातो खुर्सानी
एक ठूलो चम्चा जीराको धूलो
एक ठूलो चम्चा बीरे नून
एक ठूलो चम्चा अदुवाको धूलो
एक ठूलो चम्चा सूपको धूलो
४०० ग्राम आलु
चाट मसला

विधि
सबभन्दा पहिले एउटा प्यानमा चिनी र पानी हालेर मज्जाले घोल्नुस् । अब यसमा आँपको धूलो, रातो खुर्सानी, जीराको धूलो, बीरेनून, अदुवाको धूलो र सूप हालेर मज्जाले मिसाउनुस् ।

यो मिश्रणलाई पाँच मिनेटसम्म पकाउनुस् । मिश्रण गाढा भएपछि आगो निभाउनुस् ।

अब अर्को प्यानमा तेल तताएर आलु तार्नुस् । त्यसपछि त्यो तारेको आलुलाई एउटा टावेलमा राखेर हलुका थिच्नुस् र बाउलमा हाल्नुस् ।

अब तारेको आलुमा पहिल्यै तयार भएको मिश्रण हालेर मिसाउनुस् । त्यसमाथि चाट मसला हाल्नुस् ।

आलु चाट तयार भयो । अब पस्किनुस् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्