०५ साउन २०८३, मंगलबार

प्रचण्डको स्पष्टीकरण– भ्रष्टाचार मुद्दामा प्रतिपक्षसँग कुनै लेनदेन भएको छैन

असार २५, २०८०
काठमाडौं
प्रचण्डको स्पष्टीकरण– भ्रष्टाचार मुद्दामा प्रतिपक्षसँग कुनै लेनदेन भएको छैन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार मुद्दामा प्रतिपक्षी दलसँग कुनै लेनदेन नभएको बताएका छन् । सत्ता र प्रतिपक्षबीच भ्रष्टाचारका मुद्दामा वाइयात र कपोकल्पित कुरा बाहिर प्रचार भए पनि कुनै लेनदेन नभएको उनले बताए । 

सोमवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचार सम्बन्धमा अनुसन्धान गर्ने निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनेबाहेक केही कुरा नभएको बताएका हुन् ।

‘सत्ता र प्रतिपक्षका नेताहरूको भेटमा भ्रष्टाचार मुद्दामा कुनै लेनदेन भएको भन्ने कुरा वाइयात कपोकल्पिक कुरा नभएका होइनन् । त्यहाँ भ्रष्टाचारबारे एउटा वाक्य भएको छ– दोषी नछुटुन, निर्दोष नपरुन्’ प्रचण्डले भने, ‘अनुसन्धान गर्ने निकायलाई स्वतन्त्रपूर्वक काम गर्न दिने बाहेक कुरा भएको छैन ।’ 

salt training

कमेन्ट गर्नुहोस्