०४ साउन २०८३, सोमबार

एमसीसी कार्यान्वयनमा जाँदैछ, बीआरआई अघि बढेको छैन– परराष्ट्र मन्त्री साउद

असार २५, २०८०
काठमाडौं
एमसीसी कार्यान्वयनमा जाँदैछ, बीआरआई अघि बढेको छैन– परराष्ट्र मन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हालसम्म बीआरआई परियोजनाअन्तर्गतका कुनै पनि कार्यक्रम नेपालमा सञ्चालन नभएको बताएका छन् ।

सोमवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । चीन सरकारसँग बीआरआईका लागि नेपालले २०१७ मा सम्झौता गरेको थियो । तर त्यसपछि बीआरआईअन्तर्गत कुनैपनि योजना नेपालमा अघि नबढेको उनले बताए ।

तर, पछिल्लो समय चिनियाँ राजदुत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गतको भएको दाबी गर्दै आएपछि नेपालमा बहसको विषय बनेको थियो । 

समितिको बैठकमा समिति सदस्यहरूले प्रश्न गरेसँगै मन्त्री साउदले बीआरआईअन्तर्गत हालसम्म कुनै योजना नेपालमा शुरू नभएको र कार्यान्वयनको सन्दर्भमा अहिले सरकार छलफलमा रहेको बताए ।

‘एमसीसी परियोजना आगामी अगस्ट महिनादेखि कार्यान्वयनको चरणमा जान्छ । कार्यान्वयनको चरणपछि ५ वर्षमा यो पूरा हुन्छ । र, एमसीसी एउटा ग्रान्ट भएको हुनाले कार्यान्वयनको चरणमा गइसकेको छ । बीआरआई नेपालमा २०१७ मा नेपालले चीन सरकारसँग एमओयू गरिसकेको छ, यसपछि यसको कार्यान्वयनको सन्दर्भमा हामी थप छलफलको चरणमा छौं । यो कार्यक्रम अन्तर्गत कुनै पनि योजना नेपालमा शुरू भएको छैन ।’

मन्त्री साउदले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आगामी अगस्ट महिनाबाट कार्यान्वयनको चरणमा जाने बताए । 

salt training

कमेन्ट गर्नुहोस्