०७ असार २०८३, आइतबार

अविरल वर्षाको विपद्मा परी हिमाञ्चलमा १६ दिनमा ७२ जनाको मृत्यु

असार २६, २०८०
काठमाडौं
अविरल वर्षाको विपद्मा परी हिमाञ्चलमा १६ दिनमा ७२ जनाको मृत्यु

भारतको हिमाञ्चल प्रदेशमा अविरल वर्षासँगैको विपद्मा परी १६ दिनमा ७२ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार विपद्का घटना देशैभर भइरहेका छन् तर हिमाञ्चल अग्रस्थानमा छ ।

विपद्मा परेर ७२ जनाको मृत्यु हुँदा ८ जना बेपत्ता छन् भने ९४ जना घाइते भएका छन् । यसबीच भूक्षयका ३९ घटना भएका छन् ।

वर्षा विपद्मा परेर पछिल्लो २ दिनमा पञ्जाब र हरियाणामा ९ जना, राजस्थानमा ७ जना, दिल्लीमा ५ जना, उत्तराखण्डमा ५ जना र हिमाञ्चलमा १७ जनाको मृत्यु भएको जनाइएको छ । 
 

कमेन्ट गर्नुहोस्